काठमाडौं – लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता आधिकारिक रूपमा घोषणा गरेको छ।
यस अफरको पुरस्कार, हुन्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रा. लि. लाई प्रदान गरिएको छ। ‘फेस्टिभ डिलाइट २०८१’ अफर नेपालको चाड दसैं र तिहारको अवसरमा सुरू गरिएको थियो l
यो अभियान भदौ ६ गतेदेखि कात्तिक २३ गतेसम्म सञ्चालनमा थियो, जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रूपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रिहेंसिव बीमा र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनस लगायतका विविध लाभहरू प्रदान गरेको थियो।
यो अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरी हुन्डाई नेपालद्वारा आयोजित सबैभन्दा सफल अफरहरू मध्ये एक बनेको छ l
बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गतेमा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरियो। उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपालकी अध्यक्ष विमला खनालको संयोजकत्वमा सम्पन्न गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij