काठमाडौं – शेयर कारोबारको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै सूचना जारी गर्दै नयाँ कारोबार खाता खोल्दा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)को ग्राहक पहिचान (केवाईसी) विवरणमा राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य रुपमा प्रविष्टीको व्यवस्था गर्न आग्रह गरेको हो।
आफ्नै करोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई भने यसको लागि तयारी गर्न समेत नेप्सेले निर्देशन दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij