काठमाडौं – नेपाल प्रहरीको वेवसाइट तथा मोवाइल एप अब विना इन्टरनेट विना पनि प्रयोग गर्न सकिने भएको छ । प्रहरीको डोमेन, उप डोमेनबाट सर्वसाधारणहरूलाई अनलाइन मार्फत प्रदान भइरहेको सेवाहरू एनटीसी र एनसेलबाट निःशुल्क उपभोग गर्न पाइने भएको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र एनसेल आजियाटा लिमिटेड मार्फत शून्य व्यालेन्समा समेत निःशुल्क सेवा उपयोग गर्न सकिने नेपाल प्रहरीले जानकारी दिएको छ ।
नागरिकको सुविधाको लागि यस्तो व्यवस्था गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij