२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजबाट मन्दाकिनी हाइड्रोपावरको लकइन सकिंदै

आजबाट मन्दाकिनी हाइड्रोपावरको लकइन सकिंदै

2K
Shares

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४८ लाख ४५ हजार २१७ कित्ता शेयरको लकइन अवधि आज साउन १६ गते सकिंदैछ। आजबाट संस्थापक, स्थानीयबासिन्दा र कर्मचारीको स्वामित्वमा रहेको शेयरको लक इन अवधि समाप्त हुने भएको हो।

लकम्पनीको संस्थापकको ४१ लाख ७० हजार ५९७ कित्ता, स्थानीय बासिन्दाको ६ लाख ४८ हजार ७६२ कित्ता र कर्मचारीको २५ हजार ८५८ कित्ता शेयर लकइनमा छ।

सर्वसाधारणलाई शेयर निष्काशन बाँडफाँड गरेको मितिले ३ वर्ष समाप्त नभएसम्म धितोपत्र बजारमा खरिद बिक्री नगर्न निर्देशन दिएको थियो। यहि निर्देशनका कारण मंदाकिनी हाइड्रोपावरको शेयरमा लगानी गरेका संस्थापक शेयरधनी, स्थानीयबासिन्दा र कर्मचारीले दोश्रो बजारमा शेयर बिक्री गर्न पाएका थिएनन् ।  यस कम्पनीले २०७९ साउन १७ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको थियो।

अब लक इन अवधि समाप्ती भएलगत्तै यी शेयरहरू पनि धितो पत्र बजारमा खरिद बिक्री हुनेछन् । धितोपत्र बजारमा मंदाकिनी हाइड्रोपावरको रु १०० अंकित मूल्यको ६४ लाख ६७ हजार ६७१ कित्ता शेयर सूचीकृत छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij