काठमाडौं – गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “गरिमा समृद्धि योजना”ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
योजनाले कर सहित ५.१० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन १५ गते बसेको यस योजनाको योजना व्यवस्थापक गरिमा क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
यसका साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ साउन २७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।
यस योजनाको कोष प्रबर्द्धक गरिमा विकास बैंक लिमिटेड रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij