२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

एनआइसी एसिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवा र कोरियन प्रोडक्टमा विशेष छुट

एनआइसी एसिया बैंकका ग्राहकलाई लेट मेइनका विभिन्न सेवा र कोरियन प्रोडक्टमा विशेष छुट

1.8K
Shares

काठमाडौं – एनआइसी एसिया बैंकका ग्राहकलाई काठमाडौं नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल लेट मेइनमा विभिन्न सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

यस सम्झौतापछि यस बैंकका ग्राहकहरूले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकहरूले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरूमा १० प्रतिशत र कोरियन उत्पादनहरूमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन्।

यस सुविधाको उपभोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।

लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरूलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij