२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय

स्वस्तिक लघुवित्तको आईपीओ बाँडफाँडको मिति तय

2.3K
Shares

काठमाडौं – स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.ले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिएको आईपीओ  बाँडफाँड मिति तय भएको छ ।  बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बाँडफाँड गर्न लागेको हो।

आईपीओको साउन १३ गते प्रि अलोटमेन्ट सम्पन्न भएको छ। यस आईपीओमा ६७ हजार ३ सय २९ जनाले १० लाख ३७ हजार १ सय ३० कित्ताको लागि आवेदन परेकोमा ४ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँड हुने छ। जसमा गोलाप्रथाबाट २ हजार ३ सय १० जनाले १० कित्ताको दरले शेयर पाउने छन् ।

कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई असार २७ गतेदेखि साउन ९ गतेसम्म शेयर निष्काशन गरेको थियो। यो आईपीओ बाँडफाँड भएपछि कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij