काठमाडौं – आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.५० अकंले घटेर २,९२२ बिन्दुमा कायम भएको छ । आज ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको हो ।
बिहिबार ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १९८ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३३ करोड माथिको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij