२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मालपोत कार्यालय तनहुँको राजस्व सङ्कलन घट्यो

मालपोत कार्यालय तनहुँको राजस्व सङ्कलन घट्यो

1.7K
Shares

तनहुँ- यहाँको मालपोत कार्यालयको गत आर्थिक वर्ष २०८१/८२ मा राजस्व सङ्कलनमा कमि आएको छ । अघिल्लो आव २०८०/८१ को तुलनामा २०८१/८२ मा रु तीन करोड ३१ लाख ४२ हजार ७२८ ले राजस्व सङ्कलन घटेको हो ।

आव २०८०/८१ मा रु ३५ करोड ९५ लाख ५२ हजार २२८ राजस्व सङ्कलन गरेकामा गतवर्ष रु ३२ करोड ६४ लाख नौ हजार ४८० सङ्कलन भएको सो कार्यालयले जनाएको छ । जग्गा वर्गीकरणमा कृषिमा न्यून र आवासमा बढी दस्तुर लाग्ने हुँदा अधिकांश जग्गा कृषिमा परेकाले राजस्व सङ्कलनमा प्रभाव परेको कार्यालय प्रमुख केशवराज सुवेदीले जानकारी दिए ।

उहाँले भन्नुभयो, “अघिल्लो वर्ष स्थानीय तहले जग्गा वर्गीकरण गरी कित्ताकाट सुरु गरेसँगै जग्गाको कारोबार बढ्दा राजस्व सङ्कलनमा वृद्धि भएको थियो तर गत आर्थिक वर्षमा जग्गाको कारोबार पनि घटेकाले हुनसक्छ, राजस्व सङ्कलन घटेको छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij