२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई बुढानीलकण्ठ हेरिटेजमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई बुढानीलकण्ठ हेरिटेजमा छुट

2.3K
Shares

काठमाडौं – एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले उक्त होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतको विशेष छुट सुविधा उपभोग गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् ।

सुविधाको उपभोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक पमार्फत भुक्तानी गर्नुपर्ने छ ।

बैंकले बुढानीलकण्ठ हेरिटेजसँगको सहकार्यले ग्राहकलाई सेवा सुविधा थप सहज हुने र देशको डिजिटल भुक्तानी प्रणाली प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij