काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.९३ अकंले घटेरर २९५४ बिन्दुमा कायम भएको छ । आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।
यसदिन विकास बैंक र फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज विकास बैंक समूहको ३.३४ प्रतिशत र फाइनान्स समूहको २.८७ प्रतिशतले शेयर मूल्य घटेको हो । साथै, अन्य ९ उपसूचक समेत राताम्य छन् ।
बुधबार २३ कम्पनीकको शेयर मूल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij