काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij