२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

श्रीनगर एग्रिटेकले पायो आइपीओ निष्कासनको स्वीकृति

श्रीनगर एग्रिटेकले पायो आइपीओ निष्कासनको स्वीकृति

3.4K
Shares

काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट  श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई आज साउन १३ गते आइपीओ निष्काशनको अनुमति दिएको हो ।

बोर्डबाट कम्पनीले १ सय रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५ सय कित्ता शेयर निष्काशनका लागिड अनुमति पाएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

कम्पनीले कुखुराको चल्ला र अण्डा उत्पादन गर्दै आएको छ। त्यस्तै, कुखुराको लागि सुनौलो प्लेट दाना, माछा र बंगुरलाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij