काठमाडौं- नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा पुगेको छ । नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक २.५८ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक ०.३६ प्रतिशतले घटेको छ।
यस्तै आज १७६ कम्पनीको सेयरमूल्य बढ्दा ७४ कम्पनीको मूल्य भने घटेको छ।
कुल ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता शेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार ८८५ रुपैयाँ पुग्यो । आज कुल कारोबार संख्या १ लाख ५७ हजार ५२५ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij