काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थापक शेयरधनी सृजना जोशीको नाममा रहेको १९ हजार ८८२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
कम्पनीले यी शेयर प्रतिकित्ता न्यूनतम २१५ रुपैयाँको दरले दिने गरी बिक्रीमा राखेको हो। इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको सुन्धारामा रहेको सीटीसी मलस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।
तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट निवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर सर्वसाधारणमा बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij