२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आज हिमालयन बैंकको एफपीओ बाँडफाँड हुँदै

आज हिमालयन बैंकको एफपीओ बाँडफाँड हुँदै

2.1K
Shares

काठमाडौं – हिमालयन बैंक लिमिटेडले निष्काशन गरेको एफपीओ आज  बाँडफाँड हुँदै छ। बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले आज साउन १३ गते मङ्गलबार बिहान ९ बजे एफपीओ बाँडफाँड गर्न लागेको हो।

बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६ सय ३३ रुपैयाँ बराबरको ९२ लाख ५० हजार ४ सय ६९ कित्ता एफपीओ निष्काशन गरेको थियो। बैंकले अंकित मूल्य १०० रुपैयाँमा ५७ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो ।

यो एफपीओमा मागभन्दा ४ गुणा बढीको आवेदन परेको छ। एफपीओमा १७ लाख बढी आवेदकले आवेदन दिएका छन् ।माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको एफपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा ९ लाख २५ हजार ४६ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये ९ जनाले ११ कित्ता र बाँकिले १० कित्ता शेयर पाउने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij