२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएमबि बैंकले माथिल्लो सार्दी जलविद्युतमा ४६ करोडको एकल लगानी गर्ने

एनएमबि बैंकले माथिल्लो सार्दी जलविद्युतमा ४६ करोडको एकल लगानी गर्ने

1.4K
Shares

काठमाडौं – एनएमबि बैंक तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेडबीच २.९ मेगावाट क्षमताको कास्की माछापुच्छ्रे गाउँपालिकामा अवस्थित माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।

यस आयोजनामा बैंकको एकल ऋण लगानी रहेको छ । २.९ मेगावाट क्षमता रहेको माथिल्लो सार्दी खोला जलविद्युत आयोजनाको करिब लागत रु. ६६ करोड १८ लाख ९४ हजार रहने जानकारी गराईएको छ भने बैंकको ऋण लगानी रु. ४६ करोड ३३ लाख २५ हजार रहनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले प्रस्तावित आयोजना निर्धारित लागत तथा समयमानै सम्पन्न गर्न मन्दाकिनी हाइड्रोपावरलाई आग्रह गरेकोमा उक्त कम्पनीका अध्यक्ष शरदकुमार दाहालले वित्तिय व्यवस्थापनमा सहयोग गरेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे ।

साथै, माथिल्लो सार्दी खोला जलविद्युत आयोजना निर्धारित लागत तथा समयसिमामा नै सम्पन्न गर्ने विचार व्यक्त गरे । यसका लागि स्थानीय सरकारसँग सहकार्य गरेर आयोजना अगाडि बढउने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरद्वारा कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकामा प्रबर्द्धित ४ मेगावाट क्षमता रहेको सार्दी खोला जलविद्युत आयोजनाले वि.स. २०७४ साल मंसिर २३ गतेदेखि व्यावसायिक उत्पादन सुचारु भईरहेको र उक्त आयोजनामा समेत बैंकको अगुवाईमा सहवित्तीयकरण अन्तर्गत ऋण लगानी भइरहेको जानकारी दिए ।

नेपाल राष्ट्र बैंकबाट जारी पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणालीको निर्देशन अनुसार एनएमबि बैंकले पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागु गरिसकेको छ ।

एनएमबि बैंकले हाल देशभरि २०२ शाखाहरू, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij