काठमाडौं – नेपालको बढ्दो इलेक्ट्रिक सवारी साधन बजारमा सशक्त पहिचान बनाइसकेको लक्ष्मी ई-मोबिलिटीले चीनको उदाउँदो इलेक्ट्रिक गाडी ब्रान्ड ‘फोर्थिङ’ लाई नेपाली बजारमा ल्याउने घोषणा गरेको छ।
नेपालको इलेक्ट्रिक मोबिलिटी क्रान्तिलाई अझ तीव्र बनाउने दिशामा यो एक महत्वपूर्ण कदम मानिएको छ।
फोर्थिङको पहिलो मोडल नेपाली बजारमा साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अटोमोबाइल आयातकर्ता तथा निर्माता संघको राष्ट्रिय अटो प्रदर्शनी नाइमा २०२५ मार्फत सार्वजनिक गरिनेछ।
विश्वव्यापी रूपमा स्मार्टडिजाइन र अत्याधुनिक इलेक्ट्रिक मोबिलिटी प्रविधिका लागिचिनिएको फोर्थिङ ब्रान्डले नेपालमा प्रिमियम इलेक्ट्रिक एसयुभीसँग आफ्नो सुरूवात गर्दैछ।
यो गाडीले प्रदर्शन, प्रविधिर आधुनिक डिजाइनलाई समेट्दै नेपाली ग्राहकको बदलिदो आवश्यकतामा केन्द्रित समाधान दिन्छ। ६४.४ किलोवाट आवर ब्याट्री, ९९ किलोवाट मोटर पावरसहितको यो एसयुभी ले ४०० किलोमिटर भन्दा बढीको दूरी तय गर्न सक्ने अनुमान गरिएको छ, जसले गर्दा यो सहर भित्रको यात्रादेखि लामो दूरीका लागि समेत उपयुक्त विकल्प बन्छ।
पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले सहज र छरितो ड्राइभिङ अनुभव दिनेछ भने भित्री डिजाइनमा आराम, प्रयोग सहजता र स्मार्ट प्रविधिलाई विशेष ध्यान दिएको बताइएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij