काठमाडौं – नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न स्वीकृत प्रदान गरेको छ। बोर्डले साउन ८ गते स्वीकृति प्रदान गरेको हो।
नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ‘एन आई ३१’ नामको योजना संचालनको अनुमति पाएको हो । यस योजनाको आकार २५ करोड रहेको छ, जसमा २ करोड ५० लाख इकाई निष्काशन हुने छ । बोर्डबाट अनुमति पाएसंगै अब योजनाले योजनाको इकाई बिक्रि गर्नको लागि आह्वानपत्र प्रकाशन गर्ने छ।
नबिल इन्भेष्टमेन्टले यस अघि नै नबिल फ्लेक्सी क्याप फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गरिरहेको छ। ‘एन आई ३१’ नबिल इन्भेष्टमेन्टको दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना हुने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij