काठमाडौं-नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले वाणिज्य बैंकको लाइसेन्स दिने विषयमा राष्ट्र बैंकको बोर्ड बैठकमा प्रस्ताव लैजाँदा हंगामा हुनु स्वाभाविक रहेको बताएका छन्। इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ अन्तरक्रिया कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरे।
थापाले भने, “‘क’ वर्गको वाणिज्य बैंकको सट्टा स्थानीय विकास बैंक वा प्रादेशिक विकास बैंकलाई लाइसेन्स दिनुपर्ने हो।” उनले राष्ट्र बैंकले यस्ता महत्वपूर्ण निर्णय पारदर्शिता र स्पष्ट नीति बनाएर लिनुपर्ने जोड दिएका छन्।
उनका अनुसार, बैंकिङ क्षेत्रमा स्थायित्व र विश्वास कायम राख्न नीति स्पष्ट र समुचित हुन आवश्यक छ। यो विषयमा बोर्डमा बहस र विवाद हुनु स्वाभाविक रहेको उनको भनाइ छ।
कार्यक्रममा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा निलम ढुंगाना, बैंकिङ क्षेत्रका विज्ञ, सञ्चारकर्मी तथा सम्बन्धित अधिकारीहरू सहभागी थिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij