काठमाडौं – सिद्धार्थ बैंकका ग्राहकले सारंग हेल्थ केयर प्रा.लि.मा छुट पाउने भएका छन् । बैंक र सारंगा हेल्क केयरबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले विभिन्न सेवामा छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार बखुडोल, ललितपुरस्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशत सम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्न्ने छन् ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
यस बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिन्छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij