काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार, यस दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ बढेको छ । आज अर्थात शुक्रबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij