काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको चौंथो त्रैमासमा नियामकीय निर्देशन उल्लघंन गरेपछि एनआइसी एशिया बैंक राष्ट्र बैंकको काराबाहीमा परेका हुाे । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको अवधिमा यी बैंकलाई कारवाही गरेको हो।
एनआइसी एशिया बैंकले ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई नदिएपछि काराबाहीमा परेको छ । एकीकृत निर्देशन २०७४ (इ.प्रा.निर्देशन नं. १५/०७४, बुँदा नं २, ५ (ङ)) मा उल्लेख भएको व्यवस्था विपरीत ऋणीबाट बढी ब्याज असुल गरेको पाइएको केन्द्रिय बैंकले जनाएको छ ।
यस्तै, ऋणीसँग कर्जा सम्झौता गर्दा सम्झौतापत्रमा कर्जाको प्रकार, लागू हुने व्याजदर (स्थिर/परिवर्तनीय), किस्ता सम्बन्धी व्यवस्था लगायतका इ.प्रा.निर्देशन नं. २०/०८१ को बुँदा नं. १ मा उल्लेख भएको व्यवस्था बमोजिम सरल एवं स्पष्ट भाषामा उल्लेख गरेको नपाईएको तथा ब्याजदर परिवर्तन गरेको जानकारी ऋणीलाई दिएको नदेखिएकाले एनआइसी एशियालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम सचेत गराइएको हो ।
एनआईसी एशिया दोस्रो पटक कारवाहीमा परेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij