काठमाडौं- सारथि केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। आईपीओ निष्काशनका लागि कम्पनीले सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको छ।
सम्झौता पत्रमा सारथि केवल इन्डष्ट्रीजका तर्फबाट अध्यक्ष अंकित भुसाल र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सविर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।
सारथि केवल इन्डष्ट्रीज लिमिटेडले जारी पुँजीको २० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो।कम्पनीले आर्थिक वर्ष २०८२र०८३ भित्रै आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ ।
आईपीओबाट संकलित रकम कम्पनीले नेपालमै पहिलो पटक ‘अण्डरग्राउण्ड केवल’ उत्पादन सुरु गर्नमा लगानी गर्नेछ। यसबाट नेपाललाई विद्युत् सामग्रीको उत्पादनमा आत्मनिर्भर बनाउन थप मद्दत पुग्ने विश्वास लिइएको छ।
साथै, अत्याधुनिक प्रविधि प्रयोग गरेर आल्मुनियम फर्नेन्स प्लान्टसमेत जडान गर्ने कम्पनीको लक्ष्य रहेको छ ।
बिक्री प्रबन्धक नियुक्त गरिएपछि आईपीओ निष्काशनका लागि आवश्यक थप प्रक्रिया अब चाँडै अघि बढाउने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij