काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले गत आर्थिक वर्षमा ब्रोकरहरुले गरेको सेयर कारोबारको तथ्याङ्क सार्वजनिक गरेको छ ।
जसमा सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा नासा सेक्युरिटिज कम्पनि लिमिटेड, इम्पेरियल सेक्युरिटिज प्रा.लि., भिजन सेक्युरिटिज प्रा.लि., सनि सेक्युरिटिज कम्पनि लिमिटेड., अनलाइन सेक्युरिटिज प्रा.लि., आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा.लि., डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज प्रा.लि., दिपशिखा धितोपत्र कारोबार कम्पनी प्रा.लि., एबीसी सेक्युरिटिज प्रा.लि. र श्रीहरि सेक्युरिटिज प्रा.लि. रहेका छन् ।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त ९१ वटा धितोपत्र ब्रोकरले कुल ४२ खर्ब रुपैयाँबराबरको सेयर कारोबार गरेका हुन्। गत वर्ष ब्रोकर नम्बर ५८ (नासा सेक्युरिटिज) ले सबैभन्दा धेरै कारोबार गरेको छ। यो ब्रोकरले कुल २ खर्ब ५८ अर्बको सेयर कारोबार गर्दा ब्रोकर नम्बर ४५ (इम्पेरियल सेक्युरिटी), भिजन सेक्युरिटी (३४), सानी सेक्युरिटिज (४२), अनलाइन सेक्युरिटिज (४९), आर्यतारा इन्भेष्टमेन्ट (५७), डायनामिक सेक्युरिटिज (४४) र दिपशिखा धितोपत्र कारोबार (३८) ले खर्बमाथिको सेयर कारोबार गरेका हुन्।
गत वर्ष नासा सेक्युरिटिजले १ खर्ब २९ अर्ब रुपैयाँबराबरको सेयर किन्दा सोही अवधिमा १ खर्ब २९ अर्बकै सेयर बेचेको हो। यस्तै इम्पेरियल सेक्युरिटिजले पनि ८३ अर्बको सेयर खरिद र ८७ अर्बको सेयर बिक्री गरेको छ।
भिजन सेक्युरिटिजले भने यो अवधिमा ७७ अर्बको सेयर किनेको थियो भने ७९ अर्बको सेयर बेचेको थियो।
योबाहेक सनी सेक्युरिटिजले ७२÷७२ अर्बको सेयर खरिद र बिक्री गर्दा अनलाइन सेक्युरिटिजले ६८ अर्बको सेयर खरिद गर्दा ७० अर्बको सेयर बिक्री गरेको हो।
यता आर्यतारा इन्भेष्टमेन्टले पनि ६०÷६० अर्बकै सेयर खरिद र बिक्री गर्दा डायनामिक सेक्युरिटिजले ५५ अर्बको सेयर खरिद र ५४ अर्बको सेयर बिक्री गरेको छ। दिपशिखा धितोपत्रले भने यो अवधिमा ५१ अर्बको सेयर खरिद गरेर ५२ अर्बको सेयर बिक्री गरेको हो।
अबदेखि हरेक ब्रोकर कम्पनीको मासिक र वार्षिक खरिद–बिक्री रकम सार्वजनिक गर्ने भएको छ ।
सबैभन्दा बढी सेयर कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरले गत आवमा २ खर्ब ५८ अर्ब ८२ करोड रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ । जसमा १ खर्ब २९ अर्ब १ करोड रुपैयाँ बराबरको सेयर बिक्री र १ खर्ब २९ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर खरिद भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij