काठमाडौं- सिद्धार्थ बैंकका ग्राहकले जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्। सिद्धार्थ बैंक र जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनबीच बैंकका ग्राहकलाई सैलुन सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
सम्झौता अनुसार ठमेल, छायाँ सेन्टरस्थित स्थित जावेद हबीब हेयर एण्ड ब्युटी सैलूनमा ग्राहकहरूले सम्पूर्ण सेवाहरूमा डेबिट कार्ड प्रयोग गरेमा १५ प्रतिशत छुट र क्रेडिट कार्ड प्रयोग गरेमा २५ प्रतिशतसम्म छुट पाउन सक्नेछन्।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij