२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा भारि वृद्धि, कतिमा हुँदैछ कारोबार ?

1.8K
Shares

काठमाडौं – नेपाली बजारमा  बुधबार सुनको मूल्यमा भारि वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै बढेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर ऐतिहासिक उचाई कायम गरेको हो । आज बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार  चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij