काठमाडौं- नेपाल धितोपत्र बोर्डले बोर्डको वार्षिक नीति तथा सार्वजनिक गरेको छ। बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
बोर्डले यस वर्ष कुनै औपचारिक सार्वजनिक कार्यक्रम नगरी आफ्नो वेबसाइटमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।
बोर्डले पुँजी बजारमा नागरिकको लगानी र हित संरक्षणलाई प्राथमिकता दिएको छ। नेपाल स्टक एक्सचेञ्जको पुनःसंरचना गरी यसको संस्थागत क्षमता अभिवृद्धि गरिने उल्लेख छ। सूचीकृत लगानी कम्पनी तथा अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगहरूको स्वपुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिने भएको छ।
बोर्डले सार्वजनिक गरेको वार्षिक नीति तथा कार्यक्रम अनुसार गैर आवासीय नेपाली नागरिकताको आधारमा सहज रूपमा धितोपत्र कारोबार गर्ने व्यवस्था मिलाउने भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij