काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८०.७९ अंकले बढेर २,९७३ को विन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड माथिको शेयर कारोबार भएको छ । आज २३६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij