२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई किलो सुन र नगदसहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ

दुई किलो सुन र नगदसहित ठमेलबाट दुई चिनियाँ नागरिक पक्राउ

1.5K
Shares

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलबाट दुई किलो सुन र  २४ लाख नगदसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले दिए । उनले भने, “ठमेलस्थित एक होटलबाट उनीहरूको साथबाट सुन र नगद बरामद गरिएको छ, यस विषयमा थप अनुसन्धान भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij