२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंक २८ औं वर्षमा प्रवेश

एनआइसी एसिया बैंक २८ औं वर्षमा प्रवेश

1.8K
Shares

काठमाडौं- एनआइसी एसिया बैंक २८ औं वर्षमा प्रवेश गरेको छ। २८ औं वर्ष प्रवेश गर्ने क्रममा बैंकले ‘डिजिटल फष्ट बैंक’ बन्ने योजना अनुसार अगाडि बढेको उल्लेख गरेको छ।

बैंकले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएका छौं त्यसको सम्पूर्ण श्रेय यहाँहरूलाई नै जान्छ। साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने अठोट गर्दछौं।’

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारा लिएको एनआइसी एशिया बैंकले मुलुकभरका तीन सय ६० शाखा कार्यालय, ६ सय ७० एटिएम, १ सय १६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

वित्तीय समावेशीकरणका लागि बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत शाखा विस्तार गरी बैंकिङ सेवा पुर्याइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij