काठमाडौं – व्हाइट लोटस पावर लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको अनुमति माग गर्दै आवेदन दिएको छ। कम्पनीले असार ३१ गते बोर्डमा आवेदन दिएको हो।
कम्पनीले १२ करोड रुपैयाँ बराबरको १९ लाख कित्ता शेयर निष्काशनको लागि बोर्डमा आवेदन दिएको हो। बोर्डले अनुमति दिएपछि कम्पनीले आईपीओ निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।
कम्पनीले लमजुंगमा ६.८२ मेगावाट क्षमताको हिदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij