२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सयपत्री हाइड्रोपावरकाे धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल नियुक्त

सयपत्री हाइड्रोपावरकाे धितोपत्र बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल नियुक्त

1.7K
Shares

काठमाडौं- सयपत्री हाइड्रोपावर कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

कम्पनीको गत मङ्सिर २ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। कम्पनीले बैंकहरुको ऋण भुक्तानी गर्ने र दरम खोला ए जलविद्युत आयोजनाको मर्मत सुधारको लागि प्रयोजनको लागि चुक्ता पुँजीको १स्१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो।

विद्युत नियमन आयोगले स्वीकृति दिएपछि र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij