काठमाडौं – आइतबार नेपाल राष्ट्र बैङ्कले बजारबाट ५० अर्ब खिच्ने भएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ । राष्ट्र बैङ्कको अनलाइन बिडिङ सफ्टवेयर सिस्टममार्फत् अपराह्न ३ बजेभित्र आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ।
यो ४२ दिने निक्षेप संकलन उपकरणको भदौ १५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
आवेदन दिँदा घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पुरै रकमसम्मको लागि आवेदन दिन सकिने छ । प्राप्त आवेदनको आधारमा राष्ट्र बैंकले ६० अर्ब, सो भन्दा बढी वा सो भन्दा घटी रकम खिच्न सक्ने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij