२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइक्यानद्धारा बैंक तथा वित्तीय संस्थालाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ प्रदान

आइक्यानद्धारा बैंक तथा वित्तीय संस्थालाई उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ प्रदान

1.4K
Shares

काठमाडौं – नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४  वितरण गरेको छ। राम्रो वित्तीय प्रतिवेदन र सान्दर्भिक जानकारीको खुलासालाई प्रोत्साहन गर्ने तथा नेपालमा वित्तीय प्रतिवेदनको उच्च मापदण्ड कायम गर्ने उद्देश्यले यो अवार्ड दिइने गरेको छ।

राजधानीको र्याडिसन होटलमा आज आयोजित भए कार्यक्रमका विच ति संस्थाहरुलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि  महालेखापरिक्षक तोयम रायाले अवार्ड हस्तान्तरण गरेका हुन् ।

आइक्यानले प्रत्येक वर्ष राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्डका लागि प्रतिस्पर्धा आयोजना गर्दै आएको छ। राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्डतर्फ विभिन्न क्षेत्रका उत्कृष्ट संस्थाहरूलाई सम्मान गरिएको छ। राष्ट्रिय व्यावसायिक कार्यसम्पादन अवार्डका विजेताहरू दक्षिण एशियाली लेखापाल महासंघद्वारा आयोजित साफास्तरको व्यावसायिक कार्यसम्पादन अवार्डमा भाग लिन सिफारिस हुनेछन्।

कार्यक्रममा आइक्यानका नवनिर्वाचित अध्यक्ष नीलबहादुर सारू र उपाध्यक्ष आनन्दराज शर्मा वाग्लेले पदको शपथ लिएका थिए।

क–कसले पाए अवार्ड ?

निजी क्षेत्रका बैंकहरूतर्फ

स्वर्ण अवार्डः नबिल बैंक लिमिटेड
रजत अवार्डः सिद्धार्थ बैंक लिमिटेड
कांस्य अवार्डः नेपाल एसबिआई बैंक लिमिटेड
योग्यताको प्रमाणपत्रः एभरेष्ट बैंक लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड

सार्वजनिक क्षेत्रका बैंकिङ संस्थाहरूमध्ये
रजत अवार्डः कृषि विकास बैंक लिमिटेड

वित्तीय सेवा क्षेत्रमा
स्वर्ण अवार्डः कामना सेवा विकास बैंक लिमिटेड
रजत अवार्डः महालक्ष्मी विकास बैंक लिमिटेड
कांस्य अवार्डः मुक्तिनाथ विकास बैंक लिमिटेड
योग्यताको प्रमाणपत्रः प्रभु क्यापिटल , लुम्बिनी विकास बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड

गैर–जीवन बीमातर्फ
स्वर्ण अवार्डः नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड
कांस्य अवार्डः शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
योग्यताको प्रमाणपत्रः हिमालयन एभरेष्ट इन्स्योरेन्स  लिमिटेड र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड

जीवन बीमा क्षेत्रमा
रजत अवार्डः नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
योग्यताको प्रमाणपत्रः आईएमई लाइफ  इन्स्योरेन्स लिमिटेड

उत्पादन क्षेत्रमा
स्वर्ण अवार्डः युनिलिभर नेपाल
संयुक्त कांस्यः बोटलर्स नेपाल (तराई) र हिमालयन डिस्टिलरी
योग्यताको प्रमाणपत्रः बोटलर्स नेपाल

विद्युत र ऊर्जा क्षेत्रमा
योग्यताको प्रमाणपत्रः बुटवल पावर

सेवा क्षेत्रमा
कांस्य अवार्डः ओरिएन्टल होटल लिमिटेड

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij