२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कामना सेवा विकास बैंकको खुद नाफा ६३ करोड ५२ लाख

कामना सेवा विकास बैंकको खुद नाफा ६३ करोड ५२ लाख

795
Shares

काठमाडौं – कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। बैंक गत आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गर्न सबैभन्दा पहिलो बैंक बनेको छ।  विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ६३ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.१९ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.२५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १५.०४ प्रतिशत बढेको छ भने कुल सञ्चालन खर्च ४.१९ प्रतिशत बढेको छ। बैंक्को सञ्चालन मुनाफा समीक्षा अवधिमा १.९७ प्रतिशतमात्र बढेको छ।

३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ३९ करोड १८ लाख रुपैयाँ रहेको छ। असार मसान्तसम्ममा बैंकले ६२ अर्ब ८३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

गत आर्थिक वर्षमा बैंकको कुल वितरणयोग्य मुनाफा ६० करोड ७४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३० पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३७ पैसा बढेर १८ रुपैयाँ १० पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २७.६९ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij