काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij