२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा सान्भि इनर्जीको शेयर सूचीकृत

नेप्सेमा सान्भि इनर्जीको शेयर सूचीकृत

700
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सान्भि इनर्जी लिमिटेडको शेयर सूचीकृत भएको छ। कम्पनीको ८८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको ३७ लाख ९० हजार कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५० लाख १० हजार कित्ता शेयर गरी कुल ८८ लाख कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचीकृत भएको हो।

कम्पनीको शेयर आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित दोस्रो बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि १२० रुपैयाँ ७४ पैसादेखि ३६२ रुपैयाँ २२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर SANVI टिकरमा कारोबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij