२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइसी एसिया बैंकले गर्ने लिलाम बिक्री अब पोर्टलमा हेर्न सकिने

एनआइसी एसिया बैंकले गर्ने लिलाम बिक्री अब पोर्टलमा हेर्न सकिने

1.6K
Shares

काठमाडौं – एनआइसी एसिया बैंकले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ती तथा धितो सुरक्षणमा रहेको सम्पत्तीसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तीहरू सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ।

ग्राहकहरूले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तीहरूको कित्ता नम्बर, क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा र सो सम्पत्तीको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू रहेका छन्।

लिलाम बिक्रीमा राखेको सम्पत्ती खरिद गर्न चाहाने ग्राहकहरूले थप जानकारी लिन चाहेमा सोही सम्पत्ती विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।

बैंकले सञ्चालनमा ल्याएको सो अनलाईन पोर्टलमा नियमित रुपमा अद्यावधिक हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij