काठमाडौं – साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७५ .८४ अंकले बढेर २,८७० को विन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार भएको छ ।
आज १३ वटै सूचकमा हरियाली देखिएको छ । बैंकिङ समूहको १.९७ प्रतिशत, विकास बैंक समूहको २.०५ प्रतिशत, फाइनान्स समूहको ३.०६ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशत, हाइड्रोपावर समूहको ३.१५ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.३३ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij