काठमाडौं – राधी विद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ। हकप्रद शेयर बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी राधी विद्युत र मुक्तिनाथ क्यापिलबीच सम्झौता भएको हो। अब मुक्तिनाथ क्यापिटलले राधी विद्युतको हकप्रद शेयर बिक्री प्रबन्धकका रुपमा कार्य गर्नेछ।
राधी विद्युतले हाल कायम चुक्तापुँजीको ६९.८९ प्रतिशत अर्थात १ः०.६९८९ अनुपातमा हकप्रद शेयर ल्याउने प्रक्रिया अगाडि बढाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ।
कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij