२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी लायन्सको सिइओमा भावना घिमिरे नियुक्त

लुम्बिनी लायन्सको सिइओमा भावना घिमिरे नियुक्त

505
Shares

काठमाडौ लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा नियुक्त गरेको छ ।
क्यानको पूर्व सिइओसमेत रहेकी घिमिरे क्रिकेट व्यवस्थापन र नेतृत्वमा सिद्धहस्त तथा दूरदृष्टि सम्पन्न व्यावसायिक हुन् । उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन् । आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन् ।
यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउने छ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ ।
भावना घिमिरेको नियुक्तिको विषयमा आफ्नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भन्नु भयो, “हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं । उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पु¥याउनेछ भन्ने मलाई लागेको छ ।,”
हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि उनको नेतृत्वमा लुम्बिनी लायन्सको यात्रा थप प्रेरणादायी, उद्देश्यपूर्ण र सफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij