२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउनका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

साउनका लागि वाणिज्य बैंकहरुले घटाए ब्याजदर, कुनको कति ?

2K
Shares

काठमाडौं – साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरुको औषत ब्याजदर असारको तुलनामा घटेको छ।

असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.९०२ प्रतिशतविन्दु रहेकोमा अब साउनमा भने ५.६९७५ प्रतिशतविन्दुमा झरेको छ। असारको तुलनामा साउनमा यस्तो निक्षेपको औषत ब्याजदर ०.२०४५ प्रतिशतविन्दु घटेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२६ प्रतिशतविन्दु घटेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले असारको तुलनामा साउनमा ब्याजदर घटाएका छन्।  साउन महिनामा ४ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्।  भने २ वटा बैंकको ब्याजदर बढेको छ ।

 

बैंकहरु असार महिना व्याजदर प्रतिशत साउन महिना व्याजदर प्रतिशत
कृषि विकास बैंक ५.४५ ५.४०
एभरेष्ट बैंक ६.५५ ६.२५
नेपाल बैंक ५.४५ ५.४०
लक्ष्मी सनराइज बैंक ५.७५ ५.५०
माछापुच्छ्रे बैंक ६.०० ६.००
एनआईसी एसिया बैंक ६.५५ ६.२५
प्रभु बैंक ६.१० ४.२५
स्टान्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२६
राष्ट्रिय वाणिज्य बैंक ६.०० ५.५०
नबिल बैंक ५.७५ ५.५०
ग्लोबल आईएमई बैंक ६.०० ६.००
सिद्धार्थ बैंक ५.७५ ५.७५
प्राइम कमर्सियल बैंक ६.२५ ६.००
कुमारी बैंक ५.७१ ५.४१
सानिमा बैंक ६.३३ ६.१८
हिमालयन बैंक ५.५० ६.००
नेपाल एसबीआई बैंक ५.५० ५.३५
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ५.५० ५.२५
एनएमबी बैंक ६.०० ६.००
सिटिजन्स बैंक ५.६५ ५.५०

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij