काठमाडौं – नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार २७४ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij