२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज एनएमबि लघुवित्तको साधारणसभा बस्दै

आज एनएमबि लघुवित्तको साधारणसभा बस्दै

785
Shares

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज असार ३२ गते आफ्नो १२औँ वार्षिक साधारण सभा गर्दैछ ।साधारण सभापोखराको होटल सिटी स्क्वायरमा बिहान ९ बजे बोलाएको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/०८१ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरे उपर छलफल गरी पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ।व। २०८१/०८२ को लेखा परीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, संस्थापक तर्फको शेयर स्वामित्व परिवर्तन गरि ५१ प्रतिशत कायम गर्ने सम्बन्धी प्रवन्धपत्रको दफा ६ (ङ) तथा सर्वसाधारण तर्फको शेयर स्वामित्व परिवर्तन गरि ४९ प्रतिशत कायम गर्ने सम्बन्धी प्रवन्धपत्रको दफा ६ (च) तथा संस्थापक समूह अर्न्तगत मनोनित निर्वाचित हुने सञ्चालकको संख्या सम्वन्धी नियमावलीको ३१ (क) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ ।

सभाले सञ्चालक समितिको गठन, संख्या र कार्यकाल सम्बन्धी संस्थाको नियमावलीको नियम २७ (२) संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने , यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्याङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल वा परिमार्जनका लागि निर्देशन भएमा सोही बमोजिम गर्न गराउन संचालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार २४ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ असार २३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij