काठमाडौं – राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गर्दै जिम्मेवारी ताेकेका हुन् ।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताले मंगलबार राजीनामा दिएसँगै न्यौपाने मन्त्रीमा नियुक्त भएकी हुन् ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij