२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि सिद्धार्थ बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

आजदेखि सिद्धार्थ बैंकको ऋणपत्र निष्काशन तथा बिक्री खुला

895
Shares

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले आज असार २९ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रति ऋणपत्र १००० रुपैयाँ अंकित मूल्य कायम भएका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो।

जस मध्ये १५ लाख कित्ता अर्थात् १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निजि तबरबाट बिक्री गरिने छ। १० लाख कित्ता अर्थात् १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि बिक्री गरिने छ । सर्वसाधारणलाई छुट्याईएको मध्येबाट ५० हजार कित्ता म्युचुअल फण्डलाई बिक्री गरिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम निष्काशन गरिएको पुरै कित्ताको लागि आवेदन दिन सकिने छ ।

लगानीकर्ताले छिटोमा असार ३२ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सक्ने छन् । १० वर्ष अवधिको यस ऋणपत्रमा कम्पनीले वार्षिक ७.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्लस एटदरेट प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको संकेत गर्दछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij