काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ११ सय रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा ६५ रुपैयाँले बढेको छ । यससँगै चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij