काठमाडौं — सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकी सञ्चालक तथा पूर्व निर्वाचन आयुक्त इला शर्माको करिब ६० वर्षको उमेरमा निधन भएको छ।
शनिवार साँझ हृदयघात भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
शर्मा लोकतान्त्रिक अभ्यास, निर्वाचन प्रणाली, तथा सुशासनको क्षेत्रमा लामो समय सक्रिय रहँदै आएकी थिइन्। उनको निधनले बैंकिङ तथा सार्वजनिक सेवा क्षेत्रले एक कुशल व्यक्तित्व गुमाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij