२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

विकाश हाइड्रोपावरको आईपीओ बाँडफाँड मिति तय

1.4K
Shares

काठमाडौं – विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड मिति तय भएको छ । बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार असार २९ गते आइतबार बिहान ९ बजे शेयर बाँडफाँड हुने भएको हो ।
कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा ८.७ गुणा बढीको आवेदन परेको छ । कम्पनीले असार १८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई २९ लाख ४२ हजार ७ सय ६० कित्ता शेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुने छ। जसमा २ लाख ९४ हजार २ सय ७६ जनाले १० कित्ताको दरले शेयर पाउने छन् । बाँकि आवेदक भने हात खाली हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij